शुक्रबार पुष्टि भएका कोरोना संक्रमित,कुन जिल्लाका कति?



काठमाडौं,भदौ १३ । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ। शुक्रबारको पछिल्लो २४ घण्टासम्म संक्रमित संख्या ३६ हजार ४ सय ५६ पुगेको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक बितेको २४ घण्टामा मात्र ९ सय २७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ सय ३४ महिला र ५ सय ९३ पुरुष गरी ९ स २७  जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रदेश १ को इलाम, उदयपुर र ओखलढुंगाका १÷१, झापाका १५, पाँचथरका २, मोरङका ४७, संखुवासभाका २, सुनसरीका ४१ र सोलुखुम्बुका १ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश २ को धुनषाका २०, पर्साका १, बाराका ४, महोत्तरीका १३, रौतहटका २१, सप्तरीका ७, सर्लाहीका १३ र सिरहाका १२ जनामा कोरोना पाइएको छ।

प्रदेश नम्बर ३ अर्थात बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय ५० जना संक्रमित भेटिएको छ। मन्त्रालयका अनुसार काभ्रेमा १७, चितवनमा २६, धादिङमा १६, नुवाकोटमा ३, भक्तपुरमा ५४, मकवानपुरमा ५१, रसुवामा १, ललितपुरमा ११, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जनामा कोरोना पाइएको छ।

गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा १, तनहुँमा ४, नवलपरासी पूर्वमा ११, लमजुङमा २ र बागलुङमा १ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले जानकारी दिए।

कोरोना भेटिनेमा प्रदेश ५ को अर्घाखाँचीका २, कपिलवस्तुका २, दाङका १, नवलपरासीका २, बर्दियाका २, बाँकेका ३६ र रुपन्देहीका ७२ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा ६, दैलेखमा ११ र सल्यानमा ३, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १, कैलालीमा ११ र डोटीमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १६ हजार १९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा कोरोनाको आशंकामा १० हजार २ सय २९ जनाको पिसिआर परीक्षण गरिएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ६ लाख ५८ हजार १ सय १० पुगेको छ। हाल ८ हजार ९ सय ३९ व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्