विपत्तिको अर्को नाम घ्याङफेदी, पुगे जनप्रतिनिधिसहित टोली [तस्बिरहरु]



This image has an empty alt attribute; its file name is 118492905_3590401841012058_3241934449579308575_n-768x512.jpg

नुवाकोट भदौ १५ । विपत्तिको अर्को नाम घ्याङफेदी । घ्याङफेदी नुवाकोट जिल्लाको सुदूर पूर्व र सबैभन्दा दुर्गम तथा बिकट गाउँ हो । जहाँ ०७२ को भूकम्पले जिल्लाका अन्य गाउँमा भन्दा धेरै मानवीय क्षति तुल्याएको थियो र हप्तौं दिन त्यस गाउँका मान्छे बाहिर सम्पर्कमा आउन र बाहिरका मान्छे त्यस गाउँमा जान सकेका थिएनन् ।

०७५ साल भाद्र ५ गते घ्याङफेदीको च्याताङमा सुख्खा पहिरो गएको थियो, त्यस गाउँका मान्छेहरुलाई उद्धार गर्न र जनसम्पर्कमा ल्याउन ज्यादै कठिन भएको थियो । पछि ०७५ को मंसिर २८ गते घ्याङफेदीमै गाडी दुर्घटना हुँदा २२ जना घटनास्थलमै मृत्यु भयो र सिसिपु गाउँलाई पुरै शोकाकुल तुल्याएको थियो । अहिले फेरि दुप्चेश्‍वर गाउँपालिकाको घ्याङफेदीकै नेगी खोलामा परम्परादेखि नै कायम रहेको पहरा र ओडारका ढुंगा तथा चट्टानहरु डगमगाएको र पुरै बस्तीहरु जोखिममा परेको छ । जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि जिल्ला विपद व्यवस्थापन समितिमार्फत आइतबार प्रभावित क्षेत्रका ३५ घर परिवारलाई टेन्ट र शौचालयका सामग्री आइतबार वितरण गरिएको छ । उनीहरुलाई छिट्टै सुरक्षित स्थानमा सारिने गाउँपालिकाले जनाएको छ । आइतबार संघीय सांसद हितबहादुर तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, दुप्चेश्‍वर गाउँपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङ लगायत उक्त स्थानमा पुगेका थिए । तस्बिरमा घ्याङफेदिको जोखिम स्थल

प्रतिक्रिया दिनुहोस्