निजी विद्यालय सञ्चालकहरुले प्रदेश सरकारलाई तालाचाबी बुझाए



सुर्खेत भदौ २३ ।

निजी विद्यालय सञ्चालकहरुले प्रदेश सरकारलाई तालाचाबी बुझाएका छन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल एनप्याब्सन कर्णाली प्रदेशले निजी तथा आवासीय विद्यालयहरु सञ्चालन गर्न नसकिने भन्दै सोमबार मुख्यमन्त्रीलाई तालाचाबी बुझाएको हो ।

कोरोना माहामारीबाट बच्न सरकारले गरेको लामो लकडाउनले संस्थागत विद्यालयहरू सञ्चालनको प्रक्रियालाई अवरुद्ध पारेको आरोप छ । लकडाउनका कारण विद्यालय बन्द गर्नुपरेको अवस्थामा कर्मचारी तथा शिक्षकको तलब व्यवस्थापन गर्न कठिन भएको एनप्याब्सनका प्रदेश अध्यक्ष कमलकुमार सिंहले दाबी गरे ।

विकल्पसहित विद्यालय सञ्चालनका आधारहरू पेस गर्दा पनि सरकारले सञ्चालन गर्न नदिनु संस्थागत विद्यालयहरूलाई धरासायी बनाउने षड्यन्त्र भएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्