स्याङ्जा समाज अमेरिकाबाट ब्रेन ट्युमर पीडित ममतालाई एक लाख सहयोग



अमेरिका भदौ २३ । स्याङ्जा समाज अमेरिकाले ब्रेन ट्युमर पीडित स्याङ्जाकी १४ वर्षीया ममता गुरुङको उपचारका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ ।

स्याङ्जा समाज अमेरिकाका अध्यक्ष वीरेन्द्र केसी र नायिका एन्सर्ज गुरुङको पहलमा चन्दा संकलन गरेर हस्तान्तरण गरिएको हो । सहयोग रकम नेपालमा सोमबार बिरामीको आमा मन्जु गुरूङलाई सोनी गुरूङमार्फत हस्तान्तरण गरेको नायिका एन्सर्ज गुरुङले साझा पथलाई जानकारी दिइन् ।

अमेरिकामा संकलित रकमको विवरण
१ बिरेन्द्र केसी $61
२ धन ठकुरी $101
३ श्यमकाजी गुरुङ $51
४ प्रदिप खड्का $51
५ विमल हमल श्रेष्ठ $101
६अरुण क्षेत्री $41
७ चक्रपाणी अर्याल $30
८ धर्मराज खड्का $55
९ लक्ष्मण मल्ल $51
१० शोभकान्त पाण्डे $50
११ देबेन्दर थापा $101
१२ जिवन केसी $50
१३ मनिता गुरुङ $51
१४ एन्सर्ज गुरुङ $51
१५ कान्छ लामा $30
Total. $875

स्याङ्जा बिरुवा गाउँपालिका २ की ममता जामेनडाँडा माविमा कक्षा ८ मा अध्ययरत छिन् । उनी बिरामी पश्चात् पोखराको फेवासिटी अस्तापलमा उपचाररत रहेकी छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोगको अपिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्