गिरफ्तारीप्रति ओलीको आक्रोश : ‘पूर्वप्रधानमन्त्रीलाई किन गिरफ्तार गरियो, जवाफ दिनुपर्दैन?’



काठमाडौं,मंसिर २ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गिरफ्तार गरी हिरासतमा राखिएको घटनाप्रति आक्रोश व्यक्त गरेका छन्।

आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले राज्यले जे गरे पनि हुने अवस्था सिर्जना भएको भन्दै आपत्ति जनाएका हुन्। उनले आन्दोलनका क्रममा आगजनी, धनसम्पत्तिमा क्षति र कपोलकल्पित आरोपमा गिरफ्तारी हुने घटनाले आतंक सिर्जना गरेको बताए।

‘केपी ओली पूर्वप्रधानमन्त्रीलाई किन गिरफ्तार गरियो? जवाफ दिनुपर्दैन? मान्छेको जीवनमाथि खेलवाड हो?’ भन्दै उनले आफ्नो गिरफ्तारीको कारणबारे प्रश्न उठाए।

हिरासतमा राखिएका कारण आफ्नो शल्यक्रिया ढिलो भएको उल्लेख गर्दै ओलीले समयमै उपचार नपाएको भए स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने अवस्था रहेको बताए। उनले आफूहरूमाथि राज्यले अमानवीय व्यवहार गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्