पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, रोकिए गाडी



चितवन भदौ २६ । इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक शुक्रबार बिहान करिब ८ बजेतिर झरेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्लाका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले अहिले सडक खुलाउन प्रयास भइरहेको जानकारी दिए ।

सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

तस्बिर सौजन्य : शिव सुवेदी

प्रतिक्रिया दिनुहोस्