पाटन अस्पतालमा १ कोरोना संक्रमित पुरुषको मृत्यु



काठमाडौं भदौ २६ । ललितपुरको पाटन अस्पतालमा उपचारमा रहेका १ कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए । बिहीबार अपराह्नसम्म नेपालमा कोरोना भाइरस संक्रमणबाट ३ सय १७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्