नेपाल–भारत सीमा नजिक ५ रेक्टर स्केलको भूकम्प



काठमाडौँ भदौ २६ । नेपाल–भारत सीमा नजिक केन्द्रविन्दु बनाएर शुक्रबार ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

झापाको बाहुनडाँगीको उत्तरपूर्वको भारतीय भूभागलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान साढे ९ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि बुधबार धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्