कुलमान घिसिङ पुन : नियुक्त हुने पक्का



काठमाडौं भदौ २६ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुन नियुक्त हुने पक्का भएको छ।

घिसिङलाई पुन नियुक्ति गर्न ऊर्जा मन्त्रालयले प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले लैजाने भएका छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कुलमानलाई फेरि नियुक्ति गर्ने पक्षमा नरहे पनि अर्का कार्यकारी अध्यक्ष प्रचण्डसँगको छलफलपछि भने राजी भएको जनाइएको छ ।

४ वर्ष नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका रुपमा रहेका कुलमानले नेपाली जनतालाई १८ घण्टे लामो लोडसेडिङबाट मुक्त गरेका थिए । उनको कार्यकाल आइतबार सकिँदै छ । मन्त्रालयदेखि सम्प्रर्ण जनता समेत कुलमानको पक्षमा उभिएका छन् ।

कुलमानलाई पुनर्नियुक्ति दिन केही कानुनी समस्या भएत पनि समस्या समाधानका लागि विद्युत प्राधिकरणको ऐन नै संशोधन गर्ने तयारीमा गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्