बुटवलमा एक संक्रमितको मृत्यु



बुटवल,भदौ २७ । बुटवलमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको ओमसतिया गाउँपालिका–५ घर भएका ४० वर्षीय कोरोना संक्रमित पुरुषको बुटवलस्थित कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। उनको उपचारका क्रममा शुक्रबारराति मृत्यु भएको हो ।

भदौ १४ गते कोरोना पुष्टि भएका उनलाई बुटवलस्थित कोरोना विशेष अस्पतालमा भदौ १६ गते उपचारका लागि भर्ना गरिएको थियो । भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा श्वासप्रश्वासमा समस्या आएर अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

मृतकमा भदौ २४ गतेदेखि स्वास्थ्यमा समस्या थपिएको थियो । उनी मधुमेहका पुराना बिरामी थिए ।

प्रतिक्रिया दिनुहोस्