नुवाकोटको शिवपुरीमा असोज १ देखि विद्यालय सञ्चालन



भर्चुअल बैठकमा गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापासहित सेवा क्षेत्रका प्रधानाध्यापकहरु

नुवाकोट,भदौ ३० । नुवाकोटको शिवपुरी गाउँपालिकामा असोज १ गतेदेखि विद्यालय सञ्चालनमा आउने भएको छ। मंगलबार बसेको गाउँपालिकास्तरीय प्रधानाध्यापकहरुको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो।

गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षतामा बसेको भर्चुअल जुम बैठकले असोज १ देखि नियमित विद्यालय सञ्चालन गर्ने निर्णय गरेको समुन्द्रा माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद सिटौलाले साझापथलाई बताए।

प्रधानाध्यापक सिटौलाका अनुसार असोज १ बाट सम्पूर्ण शिक्षकहरु विद्यालयमा उपस्थित हुनेछन्। विद्यालयको सरसफाई, शैक्षणिक योजना निर्माण , विद्यालय व्यवस्थापन समितिसँग छलफल लगायतका कार्यक्रमका साथै विद्यार्थीहरुलाई विद्यालयमा बोलाएरै पठनपाठन क्रियाकलाप अगाडि बढाइनेछ।यद्यपि नियमित कक्षा सञ्चालन पुर्व गाउँपालिकाको शिक्षा समितिको बैठक बस्ने बताइएको छ।

गाउँपालिका भित्र रहेका ५० वटै विद्यालयका शिक्षक कर्मचारी भने असोज १ देखि नै विद्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने बताइएको छ। बाहिरी जिल्लाबाट आउने शिक्षकलाई आवश्यक सहजीकरण गर्ने,क्वारेन्टाइनको ब्यवस्थापन गर्ने तथा तत्काल पिसिआर परिक्षण गराउने भनिएको छ।

प्रतिक्रिया दिनुहोस्