घरीघरी सिन्धुपाल्चोकमा ठूला विपत्ती [हेर्नुहोस् २०७१ देखि हालसम्म के के क्षति भए]



सिन्धुपाल्चोक भदौ ३१ । वाग्मती प्रदेशको १ जिल्ला सिन्धुपाल्चोक प्राकृतिक विपत्तीका हिसाबले बढी संवेदनशील देखिएको छ । २०७१ सालमा जुरेमा गएको पहिरोमा ४५ जनाले ज्यान गुमाएको सिन्धुपाल्चोकले पछिल्लो समय २०७७ साउन ३० गते जुगल गाउँपालिकाको २, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरिएका छन् । पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनामध्ये ३७ जनाको शव भेटियो, २ जना बेपत्ता, खोजी जारी छ ।

त्यस्तै भदौ २७ मा बाह्रविसे नगरपालिका ७ घुम्थाङको भीरकोट, नेवारटोल र नागपुजेमा भीषण पहिरोमा पुरिएर बेपत्ता भएका ३१ जनामध्ये १५ जनाको शव फेला १६ बेपत्ताको खोजी जारी छ ।

२०७२ सालको वैशाख १२, १३ र २९ गते गएको भूकम्पबाट ७१ जनाको मृत्यु भएको थियो । त्यस्तै ७३ असार २१ गते भोटेकोशीमा आएको बाढीले ६० घर बगाएको थियो ।

हेरौं प्रहरीबाट उपलब्ध विवरण

प्रतिक्रिया दिनुहोस्