लागुऔषधसहित तीन जना पक्राउ



विराटनगर,साउन १५ । कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार झापा, मोरङ र उदयपुर जिल्लाका विभिन्न स्थानबाट अजय सुनार, किरण थापा र खगेन्द्र महत पक्राउ परेका हुन्। उनीहरूबाट क्रमशः एक ग्राम पाँच सय ८० मिलिग्राम र तीन सय ७० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।

यस्तै, चिकित्सकको सिफारिसबिना ट्रामोल एक सय क्याप्सुल र स्पास्पेन एक सय ट्याब्लेट बोकेको अवस्थामा खगेन्द्र महतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्