मृत्युपछि कोरोना परिक्षण गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय



काठमाडौं भदौ ३१ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना संक्रमणबाट मृत्यु भएको शंका लागे पनि परीक्षण गर्नु नपर्ने जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले शंकास्पद मृतकबाट नमूना झिकेर परीक्षण गर्नु नपर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।

मान्छेको मृत्युपछि पनि कोरोना परीक्षण गर्ने गरिएको सूचना प्राप्त भएको भन्दै त्यसो गर्नु नपर्ने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्