पञ्चकन्या गाउँपालिकाले निकाल्यो विद्यालय सञ्चालनबारे यस्तो सूचना



नुवाकोट,असोज १। पञ्चकन्या गाउँपालिकाले विद्यालय सञ्चालनबारे सूचना प्रकाशित गरेको छ। गाउँपालिका, गाउँपालिकाको शिक्षा समिति  र सम्बन्धित विद्यालय ब्यवस्थापन समितिको बुधबार सम्पन्न संयुक्त बैठकले कोरोना जोखिम कम भएका तथा विद्यार्थी संख्या कम भएका क्षेत्रका विद्यालयमा पठनपाठन सञ्चालन गर्ने जनाएको छ।

गाउँपालिकाको सेवा भित्र रहेका १७ वटा आधारभूत तथा वालविकास कक्षा यहि असोज ४ गतेदेखि सञ्चालन गर्ने गाउँपालिकाले जनाएको हो ।गाउँपालिकाले बिहिवार एक सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाका कडा मापदण्ड अपनाउनु र बाहिरी क्षेत्रबाट आउनुपर्ने शिक्षक भएमा पछिल्लो तीनदिने पिसिआर रिपोर्टसहित विद्यालयमा उपस्थित हुनुपर्ने भनिएको छ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख चक्रदेव जोशीद्वारा हस्ताक्षरित सूचनामा माध्यमिक विद्यालयका पठनपाठनबारे भने उल्लेख गरिएको छैन ।

गाउँपालिकाद्वारा जारी सूचना:-

प्रतिक्रिया दिनुहोस्