वामदेवलाई सांसदको हैसियतमा काम गर्न नदिन सर्वोच्चको आदेश



काठमाडौं असोज ७ ।

राष्ट्रियसभा सदस्य बनेका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सांसदको हैसियतमा काम गर्न नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले वामदेवलाई मन्त्री समेत नबनाउन र सांसदको हैसियतमा काम गर्न नदिन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चको आदेशले मन्त्री बन्ने बामदेवको योजनामा धक्का लागेको छ । प्रतिनिधिसभा चुनाव हारेका वामदेवलाई राष्ट्रियसभामा मनोनित गरेपछि चर्को आलोचना भएको थियो ।

सांसद बनेलगत्तै उनी मन्त्री बन्ने चर्चा चलेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्