स्टार नुवाकोट अस्पतालमा पुनः प्रयोग गर्न मिल्ने ‘सजिलो प्याड’ निःशुल्क उपलब्ध



नुवाकोट,कात्तिक ३० । महिनावारीका बेला प्रयोग गर्न सहज तथा धुन मिल्ने पुनः प्रयोगयोग्य ‘सजिलो प्याड’ स्टार नुवाकोट अस्पताल, विदुरमा निःशुल्क उपलब्ध गराइएको छ ।

घरेलु उद्योगमा तयार गरिएको उक्त प्याड बजारमा उपलब्ध प्याडजस्तै सहज रूपमा प्रयोग गर्न सकिने अस्पतालले जनाएको छ । प्रयोगपछि सफासँग धोएर राम्रोसँग सुकाई पुनः प्रयोग गर्न सकिने भएकाले यो वातावरणमैत्री विकल्पका रूपमा रहेको छ ।

अस्पतालका अनुसार प्याड सीमित सङ्ख्यामा मात्र उपलब्ध रहेकाले आवश्यक पर्ने व्यक्तिहरूले अस्पतालमा सम्पर्क गरी निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

महिनावारी स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै सुरक्षित, सहज र पुनः प्रयोग गर्न मिल्ने विकल्पको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘सजिलो प्याड’ उपलब्ध गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्