बालुवाटारमा ओली-प्रचण्ड भेटवार्ता जारी



काठमाडौं, असोज ९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भटवार्ता जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनको विषयमा कुराकानी भैरहेको श्रोतले जनाएको छ । बिहिवार पनि अध्यक्षद्धयबीच यस विषयमा छलफल तथा परामर्श भएको थियो । नेकपाले जतिसक्दो चाँडो मन्त्रिमण्डल पूनर्गठन गर्ने तयारी गरेको छ ।

सचिवालय बैठकमा नै यो विषयमा छलफल भएको थियो । मन्त्रिमण्डल पूनर्गठनको मापदण्ड बनाउनेदेखि पार्टी एकताका बाँकी काम सम्पन्न गर्न सचिवालयले अध्यक्षद्धयलाई जिम्मेवारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्