नेपाल–चीन सीमा अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग



काठमाडौं असोज १० ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल–चीन सीमा अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

हुम्लाको लिमी उपत्यकामा चिनियाँ पक्षले नेपाली भूमि अतिक्रमण गरेको खबर आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली तयार पारेको प्रतिवदन सार्वजनकि गर्न कांग्रेसले माग गरेको हो ।

टोलीको रिपोर्ट नआउँदै सरकारले चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएपछि नेपाली कांग्रेसले सरकारले हतारको टिप्पणी गरेको आरोप लगाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारीस्थानीय प्रशासनले दिएको विवरणको आधारमा संघीय सरकारले सीमासम्बन्धी वास्तविक विवरण सार्वजनिक नगरिनु रहस्यमय भएको बताएका छन् ।

परराष्ट्र मन्त्रालयले हतारमा टिप्पणी गर्नु, सहायक प्रजिअलाई स्पष्टीकरण सोध्नु र स्थलगत अध्ययनको विवरण सार्वजनिक गर्न ढिलाई गर्नुले सीमा मिचिएको छैन भन्ने सरकारको धारणामाथि आशंका उब्जिएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्