ओली नेतृत्वको सरकारले देश डुबायो : उपेन्द्र यादव



काठमाडौं असोज १० ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धराशायी बनाउँदै लगेको बताएका छन् ।

शनिवार राजधानीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले कम्युनिष्ट नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा मात्रै नभएर आफू पनि राजनीतिक रुपमा धरासायी बन्दै गएको उनले बताए ।

उनले भने, ‘कम्युनिष्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरुमा मुलुकलाई धरासायी पारे र आफू पनि त्यसरी नै धरासायी भए। अहिले त्यही बाटोमा नेपाल पनि छ। जनता उपचार र खाना नपाएर मरिरहेको भए पनि सरकारले कुनै वास्ता नगरेको उल्लेख गर्दै उनले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए।

लोक समाजवाद समाजवाद, संघीयता र लोकतन्त्रको बाटोमा हिँड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै मुलुकको भविष्य सुनिश्चित गर्नेतर्फ बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए । राजधानीमा भएको एक कार्यक्रमबीच विभिन्न पार्टी परित्याग गरेकाहरु जनता समाजवादी पार्टी प्रवेश गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्