नुवाकोटको ककनीमा नेकपाको सपथग्रहण सम्पन्न



नुवाकोट, असोज ११ । नुवाकोटस्थित ककनी गाउँपालिकामा नेकपाको एकीकृत कमिटिले शपथग्रहण सम्पन्न गरेको छ ।

गाउँपालिकाको रानिपौवामा शनिबार आयोजित एक कार्यक्रम बीच शपथग्रहण गरिएको नव कमिटीका उपाध्यक्ष योगेन्द्र तामाङले बताए । शपथग्रहण कार्यक्रममा नेकपाको बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्य,प्रदेश सांसद बद्री मैनाली,राजेन्द्र लोहनी,संघीय सांसद हितबहादुर तामाङ लगायत जिल्लास्तरका नेकपा नेता कार्याकर्ताहरुको उपस्थिति रहेको थियो ।

जिल्लास्तरीय कार्यदलले चयन गरेको नेकपा ककनीको कमिटीमा पूर्व माओवादीका नेता रामहरी श्रेष्ठलाई अध्यक्ष र सचिवमा पूर्व एमालेका योगेन्द्र तामाङलाई यसअघि नै चयन गरेको थियो । कार्यक्रममा बोल्दै संघीय सांसद हितबहादुर तामाङले जिल्लादेखि स्थानीय तहसम्म बनेको नेता कार्यकर्ताको एकीकृति संगठनले ककनीमा मात्रै नभई नुवाकोटमै नेकपा थप मजबुत भएको महसुस गरेको बताए।

कार्यक्रमकी प्रमुख अतिथि नेता अष्टलक्ष्मी शाक्यले दुईपार्टीबीचको एकताले देशैभर नेकपा थप सुदृढ बन्दै जाने बताइन् ।

प्रतिक्रिया दिनुहोस्