नेपालमा कोरोना निको हुनेको संख्या ५४ हजार ६४०, सक्रिय संक्रमित १९ हजार ६२४ पुगे



काठमाडौं असोज १२ । पछिल्लो २४ घन्टामा नेपालभर कोरोना निको भई ७४२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना निको भइ डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६४० पुगेको मन्त्रालयद्वारा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

२४ घन्टामा थप १ हजार ३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका स्वास्थ्य प्रयोगशालामा आज १० हजार ८० पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ६२४ रहेको उनले बताए ।

यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना र होम आइसोलेसनमा दश हजार ९२९ जना तथा विभिन्न क्यारेन्टिन छ हजार ३१० जना रहनुभएको छ ।

मुलुकभरका अस्पतालहरुमा हाल कोरोना सङ्क्रमितमध्ये २२५ जनाको आइसियुमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्