सबै मन्त्री हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्न दाहालको प्रस्ताव



काठमाडौं असोज १३ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सबै मन्त्री हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्न प्रस्ताव गरेका छन् ।

मंगलवार बालुवाटारमा भएको छलफलमा दाहालले प्रधानमन्त्री ओली समक्ष अपवादवाहेकका सबै मन्त्रीलाई विदा गरेर नयाँलाई ल्याउने प्रस्ताव गरेका स्रोतले जनाएको छ । तर दाहालको प्रस्तावमा प्रधानमन्त्री ओली सकरात्मक रहेका स्रोतको भनाइ छ । उनले अहिले खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्ने र केही मन्त्रालय फुटाएर मन्त्री बनाउनुपर्ने अडान राखेका छन् ।

त्यसैले नेकपा अध्यक्षद्वय ओली र दाहालबीचको छलफल मंगलवार पनि निष्कर्षविहीन बनेकोे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको तीन घण्टा लामो छलफलमा पनि सहमति जुट्न नसकेपनि छलफल निष्कर्षविहीन बन्न पुगेको हो । प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल मन्त्रिमण्डल पुनर्गठन, राजनीतिक नियुक्ति तथा पार्टी एकिकरणका बाँकी टुंग्याउनेलगायतका विषयमा गत बिहीबारदेखि निरन्तर छलफलमा रहेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनको मोडालिटी, मन्त्रीको जिम्मेवारी हेरफेरका विषयमा अध्यक्षद्वयबीच कुरा नमिलेपछि पछिल्लो छलफल निष्कर्षविहीन बनेका छन् । दुई अध्यक्षबीच सहमति कायम हुन नसक्दा मन्त्री हेरफेर हुन सकेको छैन । यसअघि बसेको स्थायी कमिटी बैठकले मन्त्री हेरफेरको जिम्मा दुई अध्यक्षलाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्