वामदेवको सुनुवाई शुक्रबारका लागी सारियो



काठमाडौं असोज १४ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ लम्बिएको छ ।

बुधबार बहस गर्दा गर्दै समय सकिएकाले पर्सी शुक्रबारसम्मका लागि सुनुवाइ लम्बिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । उनका अनुसार बुधबार रिट निवेदक र विपक्षी दुवै पक्षबाट बहस भए पनि कानुन व्यवसायीको बहस नसकिएकाले उहाँ विरुद्ध परेको मुद्दा हेर्दा हेर्दैमा राखिएको हो ।

प्रतिनिधि सभाको चुनावमा पराजित गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि गएको ५ गते अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय सभा सदस्यको जिम्मेवारीबाट हटाउन तथा मन्त्री र अन्य संवैधानिक पदमा नियुक्ति नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

त्यसपछि सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले वामदेव गौतमलाई थप जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्