सिराहामा १२ दिन थपियो निषेधाज्ञा



सिराहा भदौ १६ ।

सिराहामा लगाइएको निषेधाज्ञा १२ दिनका लागि थप गरिएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि सिराहामा भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

प्रशासनले भदौ एक गते राति १२ बजेदेखि लागू गरेको निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदै थियो । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञाको समय थप गर्दै अझ कडाइ गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञामा यसअघि बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न किनमेलको समय दिइएकाले त्यसलाई नै निरन्तरता दिएको प्रजिअ कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्