डा केसीलाई अनसन फिर्ता लिन सरकारको आग्रह



काठमाडौं असोज १५ ।

सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अनसनरत डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका छन् ।

कोरोना भाइरसको जोखिम बढेको कारण अनसन फिर्ता लिनका लागि आग्रह गरेका हुन् । चिकित्सका शिक्षा सुधारको माग राख्दै डा केसी लामो समयदेखि अनसन बस्दै आइरहेका छन् ।चिकित्सकिय सेवाको लागि जुम्ला पुगेका डा केसीले गत भदौ २९ गते जुम्लाबाट अनसन शुरु गरेका थिए । उनको स्वास्थ्यमा समस्या आएसँगै उनलाई काठमाडौं ल्याइएको थियो ।

पछिल्लो समय उनले आफूसँग भएका सहमतिअनुसार प्रदेशस्तरमा खुलेका चिकित्सा शिक्षा अध्ययन संस्थानहरूमा स्रोतसाधन र जनशक्ति पुर्‍याएर एमबीबीएसको अध्यापन तत्काल सुरु गराइनुपर्ने, मेडिकल कलेज स्थापना नगरिएका प्रदेशमा अविलम्ब त्यसको प्रक्रिया थालिनुपर्ने मागसहित अनसन शुरु गरेका हुन् । यो डा केसीको १९ औँ अनसन हो ।

प्रतिक्रिया दिनुहोस्