बाँकेमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

बाँके असेज १६ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
फत्तेपुरमा रहेको नागराफल झरना अवलोकन गरेर फर्कने समयमा नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका ९ को बाँकेगाउँका १६ वर्षीय शिव शङ्कर शुक्ला र १४ वर्षीय विनोद वर्माको पोखरीमा डुबेर मृत्यु भएको हो ।
दुवै जनालाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।