प्रधानमन्त्री निवासमा कोरोना देखिएपछि नेकपा सचिवालय बैठक अनिश्‍चितकालका लागि स्थगित



काठमाडौं असोज १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका ४ सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो । पछिल्लो समय सरकारले गरेको राजनीतिक नियुक्तबारे पार्टीमा प्रश्न उठेपछि बैठक बोलाइएको थियो ।

अर्को बैठकको मिति तय भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्