पारिश्रमिक नपाएका पत्रकारहरुको समस्या समाधान गर्न कांग्रेसको सरकारसँग आग्रह



काठमाडौं असोज १८ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पारिश्रमिक नपाएका पत्रकारहरुको समस्या समाधानमा चासो देखाउन सरकारसँग आग्रह गरेका छन् ।

लकडाउनको कारण देखाएर केही मिडिया हाउसले पत्रकारहरुलाई पारिश्रमिक नदिएको विरोधमा राजधानीको बानेश्वरमा रिले अनसन बसिरहेका छन् । उनीहरुको आन्दोलनमा एक्यवद्धता जनाउँदै प्रवक्ता शर्माले प्रधानमन्त्रीसँग उनीहरुको समस्या समाधान गर्नको लागि आग्रह गरेका हुन् ।

प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भन्ने भनाइलाई उद्रृत गर्दै भोकै कोही पर्दैन, भोकले कोही मर्दै भन्ने कुरालाई मिडियामार्फत सम्बोधन गर्नका लागि समेत प्रधानमन्त्री समक्ष आग्रह गरेका छन् । उनले भनेका छन् ।

साथै प्रवक्ता शर्माले सञ्चार माध्यमका लगानीकर्ता, पत्रकार र व्यवस्थापनमा रहेका कर्मचारीहरुलाई समेत राज्यले जनताका रुपमा सबैलाई समान रुपले हेर्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै श्रमजिवी पत्रकारहरुले पारिश्रमिकको लागि आन्दोलनमा उत्रिनु दुखदायी रहेको भन्दै सम्बन्धित सञ्चारगृहलाई दायित्व बोध गर्नका लागि समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्