म्याद नाघेका सामान बेच्ने अर्को गोदाममा प्रहरीको छापा



काठमाडौं असोज १८ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद नाघेका खाद्यवस्तु बेच्ने कलंकीको अर्को गोदाममा छापा मारेको छ।

प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान छापा मारेको हो । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरले म्याद नाघेका सामान बेच्ने गरेको सूचनापछि छापा मारिएको जानकारी दिए।

उनका अनुसार छापा मारिएको गोदाम घरबाट ठूलो मात्रामा चकलेट, पिठोलगायत सामान रि–लेबलिङ गरेर बेच्ने गरेको पाइएको छ।

यसअघि बिहीबार पनि म्याद सकिएका सामानमा नयाँ मिति राखेर बेच्ने गरेको पाइएपछि प्रहरीले छापा मारेको थियो। चकलेट र अन्य खाद्य वस्तुमा नयाँ म्याद राखेर बजारमा पठाएको आरोपमा पक्राउ परेका ८ जनालाई वाणिज्य विभागले हिरासतमुक्त गरिसकेको छ।

आयान डिस्ट्रिब्युटर्स प्रालिकी सञ्चालक पुष्पादेवी अग्रवालसहितका ९ जनामध्ये ८ जनालाई विभागले रिहा गरेको हो।

प्रतिक्रिया दिनुहोस्