जुम्ल्याहा बच्चा जन्माएकी २९ वर्षीया संक्रमित महिलाको बाँकेमा मृत्यु



बाँके असोज १८ ।

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

आइतबार बिहान उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा महेन्द्रनगर नगरपालिका–२, कंचनपुरकी २९ वर्षीया एक महिलाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ती महिलाले जुम्ल्याहा बच्चाहरुलाई जन्म दिएकी छिन् । एक छोरा र एक छोरीको जन्म दिएकी महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा आइतबार बिहान ४ः३० बजे मृत्यु भएको हो ।

यो सङ्गै बाहिरी जिल्लाबाट बाँके जिल्लामा आई अस्पतालमा भर्ना भएर उपचारकै क्रममा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्