काठमाडौंबाट बाघको छालासहित ४ जना पक्राउ



काठमाडौं असोज १८ ।

प्रहरीले बाघको छालासहित काठमाडौँको स्वयम्भूबाट ४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले स्वयम्भूस्थित होटल प्लाजामा ६० लाखमा बेच्नेगरी ल्याएर राखिएको पाटे बाघको छालासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिको गल्छी गाउँपालिकाका टेकबहादुर तामाङ, सुजन थिङ, आशिष तामाङ र मकवानपुरको थाहा नगरपालिकाका सानुकान्छा थिङ रहेका छन् ।

धादिङको स्थानीय व्यक्तिबाट टेकबहादुर तामाङले नगद ३५ लाख रुपैयाँमा छाला खरिद गरी ल्याएको र उक्त पैसा स्थानीय अर्को व्यक्तिले लगानी गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

सो छाला उनीहरुले ६० लाखमा बेच्न खोजेको र सो पैसाले दशैं मनाउने मनशायले प्रलोभनमा परेको खुलेको कार्कीले बताए । प्रहरीले बाघ छालाको कारोबारमा अन्य व्यक्तिहरुको संलग्नताबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्