बालुवाटारमा सेनाको नयाँ टिम खटाइयो, २८ जना संक्रमित आइसोलेशनमा



काठमाडौं असोज १८ ।

प्रधानमन्त्री निवासमा सेनाको नयाँ टिम खटाएको छ ।

प्रधानमन्त्रीको सुरक्षामा कार्यरत २८ जना सैनिकलाई कोरोना भाईरस संक्रमण पुष्टि भएपछि नेपाली सेनाले नयाँ टिम खटाएको हो । संक्रमितलाई बलम्बुस्थित एपिएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।ठुलो संख्यामा सैनिक कर्मचारीलाई संक्रमण देखिएपछि प्रधानमन्त्री निवासमा नयाँ टिम खटाइएको हो ।

यता संक्रमित सैनिक कर्मचारीलाई नागार्जुन गरपालिका–१ स्थित इचगुंको आइसोलेशनमा राखिएको छ । सो आईसोलेशनको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । संक्रमित प्रहरीमध्ये धेरैलाई प्रहरी अस्पतालको आइसोलेशनमा राखिएको छ । उपत्यकामा घर भएका प्रहरी कर्मचारी होम आइसोलेशनमा छन् ।

शनिवार साँझ प्रधानमन्त्रीको सुरक्षामा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका समेत गरी ६७ जना सुरक्षाकर्मीलाई संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्