मंगलबारका लागि बोलाइयो नेकपा सचिवालय बैठक



काठमाडौं असोज १९ । सत्तारुढ नेकपाको सचिवालय बैठक मंगलबारका लागि बोलाइएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सोमबार भेट भएपछि बैठकको मिति तय भएको हो । आइतबार स्थगित भएको सचिवालय बैठक मंगलबार दिउँसो ४ बजे बोलाइएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए ।

उनका अनुसार दुई अध्यक्षबीच बैठकको एजेण्डाबारे समेत सामान्य छलफल भएको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएपछि नेकपामा असन्तुष्टि देखिएको छ । सोमबारको बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्