प्रदेश ५ को राजधानी भालुवाङ बनाउने प्रस्तावमा संशोधन प्रस्ताव दर्ता



बुटवल असोज २० ।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा संशोधन प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका चार जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । कांग्रेसका रमा अर्याल र पुष्पा थरुनी र जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

कांग्रेसका रमा अर्याल र पुष्पा थरुनीले पूर्वमा नवलपरासीको बर्दघाट नगरपालिका, पश्चिममा कपिलबस्तुको शिवराज नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउँपालिका र दक्षिणमा रुपन्देहीको शिद्धार्थ नगरपालिका चार किल्ला हुने गरी स्थायी मुकाम बनाउनु पर्ने संशोधन प्रस्तावमा उल्लेख गरेकी छन् ।

यस्तै जसपाका पुरमति ढेगा र सहसराम यादवले प्रदेशको नाम थरुहट अगध मगरात राख्न प्रस्ताव गरेका छन् । हाल दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओटगेको राप्ती नदी किनारको मैदान भागलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव प्रदेशसभामा पेश भएको छ। प्रतिपक्षी काँग्रेस लगायतका दलले भने प्रस्तावको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्