रुपन्देहीका दुई हजार बढी नेकपा सदस्यले दिए राजीनामा



बुटवल असोज २० ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट रुपन्देहीका करिब २ हजार बढी उद्योगी व्यवसायीहरुले एकैपटक पार्टी सदस्यबाट राजिनामा दिने भएका छन् ।

प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङमा सार्न लागेको कुरामा असन्तुष्ट रहेका उनीहरुले मंगलवार पार्टी सदस्यता परित्याग गर्ने घोषणा गरेका हुन् । हिजो प्रदेश नेकपा संसदीय दलले सांसदहरुलाई दाङको पक्षमा मतदान गर्नको लागि ह्वीप जारी गरेको थियो । उनीहरुले आज बुटवलमा पत्रकार सम्मेलन गर्नै पार्टीलाई उक्त निर्णय फिर्ता लिनको लागी समेत आह्वान गरेका छन् ।

नेताहरुले चुनावका बेलामा बुटवललाई प्रदेशको राजधानीमा बनाउने प्रतिबद्धताविपरीत प्रदेश सरकारले दाङको भालुबाङलाई प्रदेश राजधानीमा बनाउन लागेको प्रति असन्तुष्टी जनाउँदै सदस्यता परित्याग गर्ने घोषणा गरेका हुन् ।

स्रोतका अनुसार राजीनामा दिनेहरूमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत छन्। यस क्षेत्रमा रहेका ३५ वटा व्यवसायिक संघसंस्थामा दुई हजार तीन सय हाराहारी नेकपा पार्टी सदस्य रहेका छन् । त्यस्तै निर्वाचनका बेला व्यवसायीको काध चढेर चुनाव जितेका पार्टीका नेताहरूसँगै बस्नुको कुनै औचित्य नरहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्