प्रदेश ५ को प्रदेशसभामा मतदान प्रक्रिया शुरु



बुटवल असोज २० ।

प्रदेश ५ को प्रदेशको नाम र राजधानीको टुङ्गो लगाउन प्रदेशसभामा मतदान प्रक्रिया शुरु भएको छ ।

मंगलवार दिउँसो पुनः शुरु भएको प्रदेशसभामा मूख्यमन्त्री शंकर पोखरेल लगायतले सम्बोधन गर्नुभएपछि मतदान प्रक्रिया शुरु भएको हो । प्रदेश ५ सभामुख पूर्णबहादुर घर्तीले मतदान प्रक्रिया शुरु गरेका हुन् ।

आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पेश गरेको प्रदेश ५ को नाम र स्थायी राजधानीको प्रस्तावमा मतदान हुन लागेको हो । मन्त्री केसीले गरेको प्रस्तावमा दुई तिहाई पुगेको राजधानीको नाम लुम्बिनी र स्थायी राजधानी भागुवाङ रहने छ ।

नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ भने नेपाली कांग्रेसले प्रस्तावको बिपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । नेकपाको दुई तिहाई बहुमत भएपनि नेकपाका १४ जना सांसदले नोट अफ डिसेन्ट लेख्दै प्रस्तावको बिपक्षमा जाने संभावना भएकोले प्रस्तावको पक्षमा दुई तिहाई नपुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्