राप्रपा निर्वाचन आयोगमा विधिवत दर्ता, झण्डामा ‘गाई’ चुनावचिन्ह ‘हलो’



काठमाडौं असोज २१ ।

राप्रपा र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ ।

राप्रपाका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल मार्फत दुई पार्टीको एकीकरणलाई आयोगले वैधानिकता दिएका जानकारी गराएका छन् ।

‘२०७३ सालको एकता महाधिवेशन पछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनः एकीकृत गर्न सकेकोमा खुसी छु, गौरव लागेको छ’ थापाले भनेका छन्, ‘आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प गर्दछु।’

अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्