कोरोना संक्रमणले आर्थिक वृद्धिदरमा गम्भीर धक्का दिएको छ: प्रधानमन्त्री ओली



काठमाडौं असोज २३ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणले आर्थिक वृद्धिदरमा गम्भीर धक्का दिएको बताएका छन् ।

गैरआवसीय नेपाली संघको विश्व सम्मेलनमा सम्बोधन गर्दै ओलीले नेपालको आर्थिक वृद्धिदर शून्यमा भने नपुगिसकेको बताए। विकसित देशको तुलनामा नेपालको वृद्धिदरमा कमि नआएको उनले बताए ।

कोरोना संक्रमणलाई नियन्त्रण गरेरै छाड्ने दृढता देखाएका प्रधानमन्त्री ओलीले भने, ‘कोरोनाले दीर्घकालीन धक्का दिन सक्दैन। हामी नियन्त्रण गरेरै छोड्छौं।’

प्रतिक्रिया दिनुहोस्