जापानमा नेपाली विद्यार्थीहरुको समस्याबारे अन्तर्क्रिया कार्यक्रम हुने



जापान असोज २३ । ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ जापानद्वारा जापानमा नेपाली विद्यार्थीहरुको भिसा नवीकरणमा देखिएका समस्याहरु तथा उपलब्ध विकल्पहरुको बारेमा विशेष अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

जुममार्फत २०२० अक्टोबर १० तारिख जापानको समयअनुसार दिउँसो साढे २ बजेबाट ५ बजेसम्म उक्त सेमिनार आयोजना हुने जनाइएको छ । जापानमा पछिल्लो समय नेपाली विद्यार्थीहरुलाई भिसा नवीकरंणमा समस्या आइरहेकोले उपलब्ध विकल्पहरुबारे विशेष चर्चा गरिने छ ।

यस कार्यक्रममा सहभागी भई आफूलाई उपयुक्त हुने विकल्प एवं परामर्शसमेत हुने हुँदा समस्यामा परेका विद्यार्थीहरुलाई केही हदसम्म राहत हुनेमा आयोजकले विश्वास लिएको छ । कार्यक्रमामा समस्यामा परेका विद्यार्थीका साथै अन्य विद्यार्थी, शिक्षकलाई समेत सहभागी हुन अभियानका प्रमुख संयोजक धर्मराज अधिकारीले आग्रह गरेका छन् ।

कार्यक्रममा तोकुतेइ भिसासम्बन्धी भिम गुरुङको प्रस्तुति र सेन्मोन गक्को र दाइगाक्कुसम्बन्धी पनि अन्य शिक्षकहरुले प्रस्तुति दिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्