यस वर्षको फूलपाती बढाइँ साङ्केतिक मात्र



काठमाडौं, असोज २४ । यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना गरिने भएको छ । गएको वर्षहरुमा भने नेपाली सेनाको सैनिक मञ्च टुडिँखेल खेलामा भव्य समारोहका साथ फूलपाती बढाइँ हर्षोल्लासकासाथ मनाउँदै आएको थियो ।

कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासकासाथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतिकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो । यस वर्ष फूलपाती अगामी कात्तिक ७ गते शुक्रबार परेको छ ।

उनले भने, “स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी हाम्रा मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा साङकेतिकरूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना गरेका छौँ । अघिल्ला वर्षका बढाइँमा पूर्व,पश्चिम र दक्षिणपाटाबाट ८४/८४ जनाको गुल्मले बढाइँ गर्थ्यो भने यसपटक सामाजिक दूरी कायम गरी २५/२५ जनामा सीमिति गरिएको छ । ” बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुनेछन ।

प्रतिक्रिया दिनुहोस्