ढुङ्गा प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या



खोटाङ, असोज २५ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी)को मसला पिस्ने लोहोरो ढुंगा प्रहारवाट मृत्यू भएको छ । घरायसी विवादका क्रममा श्रीमान ४२ वर्षिय डम्बरबहादुर गिरीले प्रहार गरेको मसला पिस्ने लोहोरो ढुङ्गावाट गम्भीर वनेकी ज्ञानकुमारीको मृत्यू भएको हो ।

घाईंतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लाने क्रममा असोज २३ गते दिउसो बाटैमा मृत्यु भएको हो ।

ज्ञानकुमारीलाई काठमाडौँ लानेक्रममा हलेसी नजिकै खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका भाई पदम पुरीले जानकारी दिनुभयो । गाडी रिजर्भ गरेर उपचारमा हिँडाइएको ज्ञानकुमारीको बाटैमा मृत्यू भएपछि शव परीक्षण गर्न पुनः फर्काएर जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ ।

घटनाको बारेमा टोली परिचालन गरेर अनुशन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।

यो समाचार नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्