विदेशी मदिरा आयातमाथिको प्रतिबन्ध फुकाउने सरकारको निर्णय



काठमाडौं असोज २५ ।

नेपालमा व्यापारघाटा कम गर्न भन्दै गत चैत १६ गतेदेखि लगाइएको विदेशी मदिराको आयात बन्देज सरकारले खुलाउने निर्णय गरेको छ।

विदेशी तयारी मदिरा पूर्ण रुपमा रोक लगाएकोमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले खुल्ला गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री प्रदीप ज्ञवालीका अनुसार चैत १६ गते बन्देज गरेको प्रतिबन्धको निर्णय सोही महिना २४ गते राजपत्रमा प्रकाशित भएकोमा त्यसलाई मन्त्रिपरिषदले अर्को राजपत्र प्रकाशन गरेर खुलाउने निर्णय गरेको हो।

त्यस्तै ५० हजार अमेरिकन डलरभन्दा बढी मूल्यका गाडी बन्देज गराएकोमा कूटनीतिक नियोगलगायतका व्यक्तिहरुलाई भने खुल्ला गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्