महामारीविरुद्धको लडाइँमा काठमाडौं पछाडि पर्यो : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं असोज २५ ।

सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महामारीविरुद्धको लडाइँमा काठमाडौं पछाडि परेको हो कि भन्ने देखिएको बताएका छन् ।

२२ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै ज्ञवालीले काठमाडौं धेरै हिसाबले देशमै नमुना प्रदर्शन गर्ने ठाउँका रुपमा रहे पनि महामारीविरुद्धको लडाइँमा भने पछाडि परेको बताए।

उपत्यका बाहिरका जिल्लाहरुले संक्रमण रोकथाम र नियन्त्रणका लागि गरेका राम्रो कामलाई काठमाडौंले पनि लागू गर्नुपर्ने उनको भनाइ छ।

संक्रमण रोक्न नागरिक सचेतता एकदमै जरुरी रहेको भन्दै प्रवक्ता ज्ञवालीले उच्च सतर्कतालाई रत्तिभर पनि कम गर्न नहुने बताए । काठमाडौंमा स्वास्थ्य मापदण्ड पालना गर्ने कुराहरुमा निकै कमी देखिएको र पसलहरुमा एकदमै भिड देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्