कर्णाली नेकपामा किचलो : प्रमुख सचेतक शाहलाई हटाइयो



सुर्खेत असोज २६ । पार्टीभित्र देखिएको किचलोका कारण कर्णाली प्रदेशका नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई प्रमुख सचेतकबाट पदमुक्त गरेका छन् ।

दलका नेताको हैसियतले मुख्यमन्त्री शाहीले आइतबार संसदीय दलको विधानको धारा ७ अनुसार शाहलाई पदमुक्त गरेको जनाएका छन् । ‘कामकारबाही सन्तोषजनक नभएकाले’ जिम्मेवारीमुक्त गरिएको शाहलाई दिइएको पत्रमा उल्लेख छ ।

आइतबार १८ जना सांसदले संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव बुझाएपछि शाहले मंगलबार १ बजेको लागि बैठक बोलाएका थिए । शाहको स्थानमा सचेतक सीता नेपालीलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्