नुवाकोटको लिखुले गर्‍यो गाउँपालिका सेवा क्षेत्रका पसल तथा होटल अनुगमन



गाउँपालिकाका उपाध्यक्ष रोजिना राईसहित अनुगमनका क्रममा

नवराज थापा

नुवाकोट, असोज २७ । नुवाकोट जिल्ला लिखु गाउँपालिकाले सेवा क्षेत्रमा रहेका होटल तथा पसल अनुगमन गरेको छ।आइतबारदेखि गाउँपालिकाका उपाध्यक्ष रोजिना राईको नेतृत्वमा भएको अनुगमनका क्रममा गाउँपालिका सेवा क्षेत्रका ढिकुरे बजार, चौघडा बगर बजार, अमिलबोटे, मालाकोट क्षेत्रका पसल, छहरेका होटल तथा पसल अनुगमन गरिएको हो।

अनुगमनका लागि छनौट भएको १४ सदस्यीय टोलीले गरेको अनुगमनका क्रममा गाउँपालिका क्षेत्रका सुचिकृत साना तथा ठूला व्यवसायीलाई नियमन गर्न अनुरोध गर्नुका साथै सुचिकृत नभएका व्यवसायलाई गाउँपालिकामा सूचीकरणसहित सञ्चालनमा ल्याउन अनुरोध गरेको छ।

गाउँपालिकाका अनुगमनका टोली प्रहरी प्रशासनसहित पुगेका थिए।

गाउँपालिका सेवा क्षेत्रमा संचालित होटलले खाना तथा सरसफाइ खाद्य तथा किराना व्यवसायीलाई मिति गुज्रिएको सामान जफत गरि अखाद्य सामान आगामी दिनमा नबेच्न सुझाएको बताइएको छ।

गाउँपालिकाका उपाध्यक्ष रोजिना राई अनुगमनका क्रममा भन्छिन्:-

प्रतिक्रिया दिनुहोस्