सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या २७७ पुग्यो



चौतारा, असोज २७ । सिन्धुपाल्चोकमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थप १७ जना कोरोना संक्रमितको पहिचान भएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए ।

मंगलबार चौताराका विभिन्न कार्यालयका कर्मचारीसहित ९ जना, बलेफि गाउँपालिकाका ४ जना र बाह्रबिसे नगरपालिकाका ४ जना गरी १७ जनाका कोरोना संक्रमण देखिएको हो । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी र लेखापाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

केही समयअघि जिल्ला प्रशासन कार्यालयका सहायक सिडियो पत्नीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरिएकामा आज उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी तीन जना नेपाल प्रहरी र १ शसस्त्र प्रहरीमा पनि कोरोना देखिएको छ । यो सँगैं सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या २ सय ७७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्