वाग्मती प्रदेश: दुग्ध बिकास बोर्डको उपाध्यक्षमा टिका बल्भब सापकोटा नियुक्त



काठमाडौं,असोज २८ । वाग्मती प्रदेशको दुग्ध बिकास बोर्डको उपाध्यक्षमा टिका बल्भब सापकोटा नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी ४ बर्षका लागि काभ्रेका सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

यसैगरी मंगलबार नै बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सुशासन नियमावली २०७७ स्विकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

यस्तै उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्रालयमा अस्थायी दरबन्दी स्विकृत र भैसे भीमफेदी सडक आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मन्त्री ढुंगेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्