वामदेव गौतमको मुद्दाको सुनुवाइ फेरी स्थगित



काठमाडौं असोज २८ ।

संवैधानिक इजलाशमा हेर्दाहेर्दै राखिएको नेकपा नेता वामदेव गौतमको मुद्दाको सुनुवाइ बुधवार पनि स्थगित भएको छ ।

यो मुद्दाको सुनुवाइ अब दसैंपछि मात्र हुने सम्भावना बढेको छ । बर्दियाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि राष्ट्रिय सभा सदस्यमा नियुक्त गौतमविरुद्ध दायर भएको रिटमा निवेदक, सरकारी वकिल र उहाँका केही कानुन व्यवसायीले बहस गरेपछि हेर्दाहेर्दै रहेको थियो ।

असोज २१ लागि तोकिएको मुद्दाको सुनुवाइ सर्वोच्चका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको थियो । उक्त दिन सुनुवाइ हुन नसकेपछि आजका लागि पेशी तोकिएको थियो ।

गौतमको मुद्दाका लागि गठन गरिएको संवैधानिक इजलाशमा प्रधानन्यायाधीसहित पाँच न्यायाधीश रहेका छन् । जसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्