नुवाकोटमा गाई काटेको खुकुरीसहित दुई पक्राउ

नुवाकोट, असोज २८ । नुवाकोटमा गाई काटेको अभियोगमा खुकुरीसहित दुई जना पक्राउ परेका छन्।मंगलबार राति बेलकोट गढी नगरपालिका सार्कीथोकबाट गाई काटेको अभियोगमा दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा सोही ठाउँका कृष्ण सार्की र नेगले मिजार रहेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी झिल्टुङका अनुसार गाई काटिरहेको अवस्थामा ती दुई ब्यक्तिलाई फेला पारी मासु काट्न प्रयोग गरेको २ थान खुकुरीसहित पक्राउ गरेको बताइएको छ ।
विशेष सूचनामा खटिएको प्रहरीले उनीहरुलाई घटनास्थलबाटै पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताएको छ ।